एचआईभी संक्रमित बालबालिकालाई दुईमहिनाको लागि राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एचआईभी संक्रमित बालबालिकालाई दुईमहिनाको लागि राहत वितरण

hiv

काठमाडौं, ६ वैशाख । राष्ट्रिय एचआईभी-एड्स महासंघ नेपाल एनएपीएनले एचआईभी संक्रमित १२ वर्षमुनिका बालबालिकालाई दुईमहिनाको लागि राहत वितरण गर्ने भएको छ ।

जीवनदायिनी एन्टिरेट्रोभाइरल एआरभी औषधि खाइरहेका देशभरका ६ सय ६८ बालबालिकालाई राहत वितरण गरिने महासंघले जनाएको छ । महासंघले प्रतिमहिना ८ किलो चामल, १ किलो दाल, १ किलो गेडागुडी, १० वटा अण्डा, १ किलो गहुँको पीठो, १ किलो चिनी राहत स्वरुप प्रदान गरिने एनएपीएनका अध्यक्ष राजेश दिदियाले जानकारी दिनुभयो ।

एचआईभी संक्रमित ४५ वर्षमाथिका ७ सय ३२ जनालाई पनि बालबालिका सरह दुई महिनाको लागि राहतस्वरुप खाद्यान्न तथा पोषण सहयोग गरिने भएको छ । अभिभावक गुमाएका अति गरिब तथा विपन्न १२ वर्षमुनिका बालबालिका र ४५ वर्षमाथिका संक्रमितहरुलाई एनएपीएनमा आवद्ध ५९ वटा समुदायमा आधारित गैरसरकारी संघसंस्थाले बालबालिकालगायतलाई उक्त राहत वितरण गर्नेछन् ।

सरकारले ग्लोबल फण्डमार्फत एचआईभी संक्रमित बालबालिकालाई प्रत्येक महिना एकएक हजार रुपैयाँसमेत उपलब्ध गराउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);