आज महाशिवरात्री पर्व मनाइदै, पशुपति लगाएत विभिन्न शिवालयहरुमा दर्शनार्थीको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आज महाशिवरात्री पर्व मनाइदै, पशुपति लगाएत विभिन्न शिवालयहरुमा दर्शनार्थीको घुइँचो

pashupati-shivaratri 1

काठमाडौं, २० फागुन । आज महाशिवरात्रि पर्व मनाइँदै छ । फागुन महिना, चतुर्दशीको दिनमा नै परेका कारण यस पटकको महाशिवरात्रि विशेष रहेको बताइएको छ ।

५१ वर्षपछि तिथि, करण, योग सबै हिसाबले महाशिवरात्रि यसपटक भिन्न परेको छ । कुनै वर्ष माघ, कुनै वर्ष चैत्रमा पर्ने भएपनि यस वर्ष फागुन, त्यसमाथि शिवको प्रिय बार सोमबारमैं परेका कारण शिवरात्रि विशेष बनेको हो । ‘त्रिस्पृस्या’ अर्थात तीन तिथिले छोएको योग यस वर्ष परेको छ । जसलाई महानिशा भनिन्छ ।

महानिशामा करोडौँ सूर्यको किरण शिवलिंगमापर्ने र त्यसको दर्शन वा छेउछाउमा मात्र पर्नाले पनि लाभ हुने विश्वास रहेको छ । महाशिवरात्री पर्वका अवसरमा शिवको स्तुति गर्दै पशुपतिनाथ लगायत देशका विभिन्न शिवालयहरूमा धुमधामका साथ मनाइँदैछ । देश तथा विदेशबाट श्रद्धालु तथा साधुसन्त यो मेला भर्न आउने इतिहास देखिकै परम्परा छ । विहानै देखि देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको भिड लागेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);