ओली सरकार भारतको डिजाइनमा फस्यो, गृहमन्त्री नभएको बेलामा रक्षामन्त्रीले षडयन्त्र गरे (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

ओली सरकार भारतको डिजाइनमा फस्यो, गृहमन्त्री नभएको बेलामा रक्षामन्त्रीले षडयन्त्र गरे (भिडियोसहित)

sadhya bahadur bhandari

काठमाडौं, २० फागुन । नेपालमा अहिले निकै चर्चााको विषयमा नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयकमा भएका व्यवस्थाका विभिन्न २१ बुँदामा राज्य व्यवस्था समितिमा दफावार छलफल सकिए पनि विधेयकले अन्तिम रुप लिन सकेको छैन । यस बारे राज्य व्यवस्था समितीमा बहस भैरहेको छ । सरकारले पेश गरेको नागरिकता संसोधन ऐन सम्बन्धित विधेयकमा धेरै वटा खोट रहेको छ ।

यदि तयो विधेयक बहुमत कै आधारमा पास गर्ने हो भने नेपाल बिस्तारै फीजी करण र सिक्कीमी करण हुँदै छ भनेर चर्चा चल्न थालेको छ । वास्तवमा त्यो नागरिकता संसोधन ऐन संसोधन गर्न बनेको विधेयक किन आवश्यकता पर्यो । यसको बारेमा नकारात्मक टिप्पणीहरु चाहिँ किन आईरहेका छन् त ? नागरीक अगुवाहरूले सभामुखलाई भेटेर विधेयक अघि नबढाउनुस् भनेर यसो भएको त होईन ? सभामुखले हेर्छु भनेका थिए । नागरिकता संसोधन ऐन किन ढिला र विवाद हुँदै गएको हो त ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले कम्युनिष्ट पार्टीका वरिष्ट नेता साध्यबहादुर भण्डारी संग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);