महाशिवरात्रि पर्व शिवको पूजाअाराधना गरी आज देशभर मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

महाशिवरात्रि पर्व शिवको पूजाअाराधना गरी आज देशभर मनाइँदै

shivaratri

काठमाडौं,१ फागुन । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेमा सिद्धि प्राप्त भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजन कीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ । शिवरात्रि पर्वको मेला भर्न पशुपतिनाथ महिन्दरमा विहानैदेखि श्रद्धालुहरुको भीड लागेको छ ।

श्रद्धालुहरु पानीमा रुझेर लाइनमा बसेका छन् । देशका विभिन्न भागका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुहरु ठूलो संख्यामा पशुपतिनाथमा उपस्थित भएका छन् । भक्तजनको सुविधाका पशुपति क्षेत्र विकास कोषले मन्दिरका चारवटै ढोका खुला गरेको छ ।

यस वर्ष पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस्ता पदार्थ सेवन र बेचबिखन गरेको पाइएमा कारवाही गरिने प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);