सर्लाही अनेरास्ववियुको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सर्लाही अनेरास्ववियुको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

राजिव साह
सर्लाही
। अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन सर्लाही क्याम्पस इकाई कमिटी द्वारा नयाँ वर्ष २०७८ सालको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

बुधबार सर्लाही क्याम्पस कमिटी उपाध्यक्ष धर्मेन्द्र यादवको अध्यक्षता तथा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष समिम बाबु खानको प्रमुख आतिथ्यतामा कार्यक्रमआयोजना गरिएको हो ।

बाल मन्दिरमा भएको कार्यक्रममा बाल मन्दिरका साना बालबालिकाले केक काटेर नयाँ वर्ष स्वागत गरेका थिए ।

अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष समिम बाबू खान ,अनेरास्ववियु केन्द्रिय सदस्य अमित चौधरीले सुवास मिश्र प्रियंका जयसवाल लगायतले अतिथि विद्यार्थीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमा अनेरास्ववियुका अबधेश यादब, सदस्य सुबास यादब, पंकज यादब, बिबेक यादब लगायत सर्लाही क्याम्पसका सयौं विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम संचालक जयंत साहले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);