विवाद समाधान कार्यदलले बुझायो ओली–दाहाललाई प्रतिवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विवाद समाधान कार्यदलले बुझायो ओली–दाहाललाई प्रतिवेदन

काठमाडौं, ६ भदौ । सत्तारुढ नेकपाभित्र जारी विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले शनिवार आफ्नो प्रतिवेदन नेतृत्व समक्ष बुझाएको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो ।

अध्यक्षद्वय ओली र दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विवाद चर्किँदै गएपछि समाधान खोज्नका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । साउन ३० गते गठित कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहनुभएको थियो ।

कार्यदलले सर्वसम्मतिले प्रतिवेदन पारित गरेर अध्यक्षद्वयलाई हस्तान्तरण गरेको हो । उक्त प्रतिवेदनबारे अध्यक्षद्वयबीच छलफल हुने र त्यसपछि सचिवालय बैठकमा पेस गरिने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);