अनलाईन कक्षा प्रभावकारी बनाउन सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अनलाईन कक्षा प्रभावकारी बनाउन सरकारलाई निर्देशन

digo bikash

काठमाडौं, ३१ असार । संसदको दिगो विकास तथा सुशासन समितिले कारोनाबाट प्रभावित शिक्षा क्षेत्रलाई नियमित गर्न अनलाईन कक्षा प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले अनलाईन शिक्षा लागू गरेको भएपनि त्यसको प्रभावकारीता नदेखिएको भन्दै नयाँ ढंगले व्यवस्थापन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति तारादेवी भट्टले अनलाईन कक्षाको प्रभावकारीता काठमाडौं उपत्यका लगायतका सुगम क्षेत्रमा समेत नदेखिएको बताउनुभयो ।

समितिले माध्यमिक शिक्षा ऐन र उच्च शिक्षा ऐनलाई अहिलेको परिस्थिति अनुसार परिमार्जन गरी लागू गर्न तथा निजी विद्यालयको अनुगमनका क्रममा कानूनले तोकेको बाहेकको अन्य रकम लिनेमाथि नियमन गर्न निर्देशन दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);