अनलाईन शिक्षा: ग्रामिण क्षेत्रमा छैन, मुलुकभर १३ प्रतिशतमा मात्र पहुँच | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अनलाईन शिक्षा: ग्रामिण क्षेत्रमा छैन, मुलुकभर १३ प्रतिशतमा मात्र पहुँच

online

प्रमिला भण्डारी

काठमाडौं, २६ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागी विश्वका अधिकांश देशहरुले पठनपाठन ठप्प पारेका छन् । तर, लकडाउनको समयमा अधिकांश देशहरुले अनलाईन शिक्षालाई प्राथमिकता दिएका छन् भने नेपालमा पनि अनलाईन शिक्षाको अभ्यास त गरिएको छ । तर, सबैमा ईन्टरनेट लगायतको पहुँच नहुँदा अनलाईन शिक्षा प्रभावकारी नहुने सरोकारवालाको धारणा छ ।

देशभर जारी गरिएको लकडाउनका कारण अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्र पनि प्रभावित भएको छ । यो समय नयाँ शैशिक सत्र सुरु हुने समय भए पनि सुरु हुन सकेको छैन । लकडाउनको समयमा विद्यार्थीको पठनपाठनमा समस्या नहोस भनेर धेरैजसो मुलुकहरुले अनलाईनको माध्यमबाट विद्यार्थिहरुलाई पढाईरहेका छन् । नेपालमा पनि अनलाईन शिक्षाको सुरुवात त गरिएको छ तर विद्यालय, शिक्षक तथा विद्यार्थीको प्रविधिमा पहुँच बढाउन सके मात्रै अनलाइन शिक्षा प्रभावकारी हुने बन्न सक्ने छ । नेपालमा अनलाईन शिक्षा केहि सम्पन्न वर्ग र शहरी क्षेत्रका विद्यार्थिहरुको मात्र पहुँचमा हुने भएकोले नेपालमा अहिलेको हकमा प्रभावकारी नहुने सरोकारवालाको धारणा छ ।

अनलाईन शिक्षाको सुरुवात र प्रशंसा भईरहँदा कतिपय विद्यार्थीहरु ईन्टरनेट जस्ता सुविधाको पहुँच भन्दा बाहिर छन् । विश्वभर प्रभावकारी बनिरहेको अनलाईन शिक्षा पद्धतीमा नेपालमा भने केहि चुनौती पनि देखिएका छन । ग्रामिण क्षेत्रका कतिपय विद्यार्थीहरु ईन्टरनेटको पहुँचमा छैनन् भने अनलाईन शिक्षाको लागी अवश्यक पर्ने पाठ्यक्रम पनि नभएको सरोकारवालाको भनाई छ । शहरी क्षेत्रका केहि निजि विद्यालयहरुले अनलाईन शिक्षा सञ्चालन गरेपनि ग्रामिण क्षेत्रका विद्यालयहरुमा अनलाईन शिक्षा सुरुवात हुन सकेको छैन ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रको तथ्याङ्क अनुसार नेपालका सामुदायिक विद्यालयमध्ये १३ प्रतिशत विद्यालयमा मात्रै अनलाइन शिक्षा सञ्चालन गर्न सक्ने पहुँच छ । अनलाइनबाट नतिजा प्रकाशित, कक्षा सञ्चालन तथा पूर्वाधार भएका विद्यालयलाई अनलाइन सञ्चालन गर्न सक्ने विद्यालयभित्र राखिएको छ । हाल २८ हजारको हाराहारीमा सामुदायिक विद्यालय छन् । यस मध्ये ३ हजार छ सय जति सामुदायिक विद्यालयमा मात्र इन्टरनेट प्रयोग हुने गरेको तथ्याङक छ ।

कतिपय विद्यालयमा त कम्प्युटर तथा इन्टरनेट जडान गरिएको भए पनि सञ्चालनमा आउन सकेको छैन । प्रविधिबाट पढाउन सक्ने हिसाबले शिक्षकको उत्पादन तथा क्षमता विस्तार गरिएको छैन । विश्वभर लोकप्रीय बन्दै गएको अनलाईन शिक्षा प्रणाली नेपालमा पनि सुरु भईसकेको छ । लकडाउनको समयमा काठमाण्डौ युनिभर्सीटीले सबै कोर्षहरु अनलाईनबाट सञ्चालन गरिरहेको छ भने त्रिभुवन विश्वविद्यालयले पनि केहि कोर्षहरु अनलाईनको माध्यमबाट सञ्चालन गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);