धान बीउमा ठगिदै किसान | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

धान बीउमा ठगिदै किसान

dhan price

रामनिवास यादव

काठमाडौं, २६ वैशाख । अहिले धानको ब्याड लागाउने समय हो । तर बिडम्बना नेपाली कृषकले उन्नत जातको धानको बीउ पाउन सकेको छैन् । धानको उन्नत जातको बीउ नपाएपछि कृषकहरुले किराना पसलमा भएको गुणस्तरहीन बीउ किन बाध्य भएका छन् । तर सरकारले किराना पसलमा धानको बीउ बिक्री गर्नेलाई कारर्वाही गर्नुको सट्टा मौन बसेको छ ।

सरकारले पाँच वर्षमा नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । तर सरकार ठिक उल्टो बाटो हिडिरहेको छ । कृषिमा आत्मनिर्भर बनाउने सरकारले नारा दिए पनि कृषकको हातमा अहिलेसम्म उन्नत बीउ, मलखाद् तथा आधुनिक औजारको पहुँच हुन सकेको छैन् । कृषकको लागि अहिले मुख्य समस्या बनेको छ, उन्नत जातको बीउ । बीउ अभावका कारण कृषकहरुले कृषि सहकारीबाट पाउने बीउ चर्को मूल्य तिरेर भए पनि किराना पसलमा किन्न बाध्य छन्। बीउको ठूलो भूमिका रहेकोले जथाभावी रुपमा बिक्री भईरहेको बीउ नकिन्न कृषि विज्ञको सुझाव छ ।

नेपाली कृषकसँग बीउ नभएको कारण चर्को मुल्य तिरेरै भएपनि बीउ खरिद गरिरहेका छन् । गत वर्षपनि गरिमा जातको धानको बीउमा भएको बदमासीले लाखौ किसानले मार खानु परेको थियो । यसवर्ष पनि धानको सिजन शुरु भैसकेको बेला किसान किराना पसलबाट बीउ किन्न बाध्य बनाइएको छ । तर, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले नेपालमा धानको बीउ अभाव नभएको बताउदै आएको छ ।

कृषि प्रधान देश भएपनि कृषक नै ठगिदै आएका छन् । गत वर्ष जस्तै यसवर्ष पनि किसानको नियती दोहोरिने संकेत देखिन थालेका छन् । लकडाउनको बाहानमा बीउमा यसपटक पनि बदमासी गर्ने संकेत देखिन थालेकोले सरकराले प्रभावकारी अनुगमन गरी किसानलाई राहत दिन सक्नुपर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);