बालबालिकाको शिक्षा अस्तव्यस्त बन्दै, अभिभावक चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बालबालिकाको शिक्षा अस्तव्यस्त बन्दै, अभिभावक चिन्तित

food for education

प्रकाश जोशी

काठमाडौं, २२ वैशाख । यतिबेला देशमा लकडाउन छ । विद्यालयहरु बन्द छन । विद्यालय बन्द हुँदा विद्यार्थीहरु घरमै छन् । घरमै बस्दा नियमित विद्यालय पनि रोकिएको छ । नियमित विद्यालय रोकिएपछि अभिभावक चिन्तित छन् ।

देशमा लकडाउन भएको डेढ महिना पुग्दै छ । मुलुक लकडाउन भएपछि शिक्षा क्षेत्र पनि ठप्प छ । शिक्षाको मुख्य गन्तव्य विद्यालय पनि बन्द भएपछि बालबालिकाको दैनिकी पनि फेरिएको छ । लकडाउन भएकोे डेढ महिना हुनै लाग्यो । तर यतिबेला विद्यालय बन्द भएका कारण विद्यार्थी विद्यालय जान पाएका छैनन् ।विद्यालय बन्द भएपनि अनलाइन कक्षा पनि संचालनमा छ। तर विद्यालय कक्षाको पढाइ जस्तो अनलाईनको शिक्षण प्रभावकारी नभएको विद्यार्थी बताउछन् ।

विद्यालय बन्द भएपनि विद्यार्थीहरुको लागि घरमै अनलाइन कक्षा पनि संचालन भएको छ । अनलाइन कक्षा संचालन भएपनि अभिभावक ढुक्क भने छैनन् । सरकारले परिक्षा सम्पन्न नगरी विद्यालय बन्द भएपछि अभिभावकमा आफ्ना सन्ततीको शिक्षाको भविष्यको विषयमा चिन्ता बढेको हो ।

लामो लकडाउनका कारण शिक्षा लगायत सबै क्षेत्र ठप्प छन् । सरकारले विना तयारी लकडाउन गर्दा बालबालिकाहरुको शिक्षाको भविष्य अन्यौलमा परेको छ । बालबालिकाको शिक्षाले अभिभावक समेत चिन्तित भएका छन् । लकडाउनमा अनलाईन कक्षा संचालन गरेपनि सबै स्थानमा यसको पहुँच पनि असंभव भएकोले विद्यालयको शिक्षालाई सुरक्षित रुपमा संचालन गर्न राज्यले ठोस योजना कार्यान्वयनमा ल्याउनुपर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);