ससुरा-श्रीमान मिली आठ महिने गर्भवतीको हत्या, जाहेरी लिन प्रहरीले टेरेन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

ससुरा-श्रीमान मिली आठ महिने गर्भवतीको हत्या, जाहेरी लिन प्रहरीले टेरेन

garbhawati hatya

रौतहट, २२ वैशाख । रौतहटमा आठ महिने गर्भवतीको हत्या भएको छ । रौतहट ईशनाथ नगर पालिका वडा नं . ५ टोल लक्ष्मीनीया बस्ने २३ वर्षिया आठ महिने गर्भवती रेखा देवीको हत्या भएको हो ।

ससुरा नागेन्द्र ठाकुर, श्रीमान संजय ठाकुर र वडाध्यक्ष देवेन्द्र ठाकुर मिली देवीको हत्या गरेका हुन् । बैसाख १६ गते गरेको उक्त हत्याको जाहेरी प्रहरीले अहिले सम्म लिन अटेर गरिरहेको छ । हत्यामा संलग्न खुलेआम घुमिरहेका छन् ।

परिवारले दाइजोमा पलसर मोटरसाईकल मागेका थिए । मोटरसाईकल नदिए पछि देवीलाई दैनिक मानसिक यातना दिईथ्यो । हेला, यातना दिई विभल्स हत्या गरेको देवीका भाई रोशन ठाकुरले जानकारी गराए ।jaheri

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);