वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अबरुद्ध

narayanghad-muglin-sadak

काठमाडौं, २२ वैशाख । लगातारको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डस्थित जलवीरेमा पहिरोले अबरुद्ध सडक खण्ड एकतर्फि रुपमा खुलेको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा सोमबार पहिरो खसेपछि सवारी साधन रोकिएका थिए। लकडाउनका बेला सडकमार्गमा चलेका एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधन केहीबेर रोकिएका पछि एकतर्फी खुलेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको जनाएको छ । केहीबेरमा दुवैतर्फ सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);