एक युवकले गरे आफ्नै श्रीमतीको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिरहा,१२ असोज । सिरहाका एक युवकले आफ्नै श्रीमतीको करेन्ट लगाएर हत्या गरेका छन् ।

सिरहाको धनगढीमाई नगरपालिका वडानम्बर २ भवानीपुरका ज्ञानेन्द् चौधरीले २४ बर्षीय श्रीमती मञ्जुकुमारी चौधरीलाई रातभर यातना दिई करेन्ट लगाएर हत्या गरेको प्रहरीले जनाएको छ । ज्ञानेन्द्रले मञ्जुसँग ६ महिना अगाडि मात्रै विवाह गरेका थिए । मदिराको सुरमा श्रीमतिको हत्या गरेको हुनसक्ने स्थानीयको अनुमान छ ।

मञ्जुको शरिरभरी निलडाम देखिएको छ । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेश सुवेदीले मृतकको शरिरभरी रडले डामेको डाम भएकाले हत्या गर्नु अघि शारिरिक यातना दिइएको दाबी गर्नुभयो । हत्यामा संलग्न श्रीमान ज्ञानेन्द्रसँगै उनका बुवा महेन्द्र चौधरी र आमा राधा चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);