Our Network

माघ ४ २०७८, मंगलबार

रौतहट, ९ असोज । रौतहटमा घरमै सुतिरहेको अवस्थामा अज्ञात समुहले गोली प्रहार गर्दा एकको मृत्यु भएको छ ।

रौतहटको परहवाहा नगरपालिका २ जिंगडवाका २६ वर्षीय सुरज मुल्बी शेख अख्तरलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा गोली हानेका हुन् । गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्नको आशंकामा एकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुुसन्धान गरिरहेको छ ।