कुुलमान घिसिङलाई कारबाही गर्नुहुँदैनः सांसद केसी | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८३, बिहीबार

कुुलमान घिसिङलाई कारबाही गर्नुहुँदैनः सांसद केसी

भाद्र १२, २०८१ बुधबार

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु नहुने बताउनुभएको छ ।बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद केसीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वक्यौता रकम उठाउनुपर्छ भनेको आधारमा कारबाही गर्नु नहुने बताउनुभएको हो ।

उहाँले सार्वजनिक लेखा समितिले कसैलाई कारबाही गर्ने÷नगर्ने भन्दापनि सम्पूर्ण वक्यौता रकम उठाउन निर्देशन दिनुपर्ने बताउनु भयो । उहाँले घिसिङलाई कारबाही गर्दा राम्रो सन्देश नजाने बताउनु भयो । सार्वजनिक लेखा समितिको सदस्य समेत रहनुभएका सांसद केसीले घिसिङलाई कारबाही गर्ने समितिको निर्णय भएमा आफूले नोट अफ डिसेन्ट लेख्ने पनि बताउनु भयो ।

Leave a Reply

ताजा समाचार