माओवादी केन्द्रका केन्द्रीय सदस्य यादवको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

माओवादी केन्द्रका केन्द्रीय सदस्य यादवको निधन

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ ।

मधेसका लोकप्रिय नेता यादवको ५७ वर्षको उमेरमा सोमबार राति जनकपुर–१४ मुजेलियास्थित निवासमै निधन भएको हो ।

यादव विगत तीन वर्षदेखि क्यान्सर पीडित भई चितवनको क्यान्सर अस्पतालका साथै भारतका विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका थिए । तर निको नहुने भएपछि चिकित्सकले उनलाई घर मै बस्न सुझाएका थिए ।

यादवको निधनप्रति पार्टी अध्यक्ष पुष्पकमल दाहालले शोक वक्तव्य जारी गर्दै दुख व्यक्त गरेका छन् । यादवको निधनले देश, पार्टी र समुदायमा अपुरणीइ क्षति भएको विज्ञप्तिमा उल्लेख छ ।

जनकपुरधामस्थित स्वर्गद्वारीमा आजै उनको अन्त्येष्टि गरिने बताइएको छ । सशस्त्र द्धन्द्धदेखि माओवादीमा रहेका उनको अन्त्येष्टिमा पार्टीका शीर्ष नेताहरु सहभागी हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);