नेपाली कांग्रेसका नेता प्रतापराम लोहारको निधन | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री ७४ वर्षीय प्रतापराम लोहारको शुक्रबार साँझ निधन भएको छ। बिगत केही समयदेखि मधुमेह, मिर्गौला र उच्च रक्तचापबाट पीडित कञ्चनपुर निवासी उनको ललितपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। स्व लोहारले काँग्रेसको संगठनमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। स्वर्गिय लोहारका श्रीमती, एक छोरा र चार छोरी छन्।