उद्योगी तथा पूर्व सभासद् दिवाकर गोल्छाको ६७ बर्षको उमेरमा निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

उद्योगी तथा पूर्व सभासद् दिवाकर गोल्छाको ६७ बर्षको उमेरमा निधन

काठमाडौं, २७ चैत । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा उद्योगी एवं पूर्व सभासद् दिवाकर गोल्छाको निधन भएको छ । ६७ वर्षीय गोल्छाको मंगलबार राति भारतको चेन्नईमा निधन भएको हो । गोल्छाको पार्थिव शरीर काठमाडौंस्थित पशुपति आर्यघाटमा बिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

किड्नीको समस्या भएका गोल्छाको किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै निधन भएको हो । गोल्छा नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद समेत बनेका थिए । उनको अग्रसरतामा खाधान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता लगायतका १ दर्जन उद्योगहरु संचालित छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);