चितवनमा ८५ प्रतिशत मात्र धान रोपाइँ | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

चितवनमा ८५ प्रतिशत मात्र धान रोपाइँ

ropai

चितवन, २२ साउन । चितवनमा ८५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार सिचाइँ सुविधा नभएको ठाउँमा रोपाइँ हुन बाँकी छ ।

चितवनको पश्चिमी क्षेत्रमा सिँचाई नपुगेको ठाउँमा धान रोप्न बाँकी रहेको वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए । महानगरपालिका बाहेक अन्य ठाउँको धान खेती हुने स्थानमा रोपाइँ सकिएको श्रेष्ठको भनाइ छ । महानगरपालिका भित्रको २५ प्रतिशत खेत तथा कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिकाको केही भागमा मात्रै रोपाइँ हुन बाँकी रहेको छ ।

विगत तीन चार दिनदेखि आकाशे पानी परिरहेको कारण आगामी एक हप्ताभित्र चितवनको सबै ठाउँमा रोपाइँ सकिने श्रेष्ठले जानकारी दिए । चितवनमा यसवर्ष २९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने जिल्ला कृषि कार्यालयले जनाएको छ । अघिल्लो वर्ष चितवनमा २९ हजार १ सय हेक्टर क्षेत्रफल धान रोपाइँ भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);