कर्णालीमा २८ प्रतिशत धान रोपाइँ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

सुर्खेत। कर्णाली प्रदेशमा असार १५ गतेसम्म २८ प्रतिशत धान रोपाइँ सकिएको छ । मनसुन समयमा नै सक्रिय नहुँदा कर्णालीमा २८ प्रतिशत धान रोपाइँ सकिएको हो ।कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ । त्यसमध्ये पनि २ लाख १६ हजार ८८० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । खेती गरिने कुल जमिनमध्ये ३८ हजार ८८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन्छ ।कुल रोपाइँ हुनेमध्ये १० हजार ८९२ हेक्टर क्षेत्रफल जमिनमा (२८ प्रतिशत) धान रोपाइँ भएको भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै जुम्लामा ९८ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम सुर्खेतमा जम्मा ५ प्रतिशत भएको छ ।

कालिकोटमा ६०, हुम्लामा ७२, मुगुमा ३४, सल्यानमा ३०, डोल्पामा ९६ प्रतिशत, दैलेखमा १५ प्रतिशत, जाजरकोटमा ३८ र रुकुम पश्चिममा ४० प्रतिशत धान रोपाई भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);