चितवनमा अहिलेसम्म ७२ प्रतिशत रोपाइँ सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चितवनमा अहिलेसम्म ७२ प्रतिशत रोपाइँ सम्पन्न

ropai

चितवन, ९ साउन । पर्याप्त बर्षात नहुँदा चितवनमा साउनको पहिलो सातासम्म ७२ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार साउन पहिलो सातासम्म ७२ प्रतिशत रोपाइँ भएको हो । मनसुन सक्रिय नभएकाले यो बर्ष रोपाइँ ढिला भएको कार्यालयका प्रमुख सुधीर श्रेष्ठले बताए ।

भरतपुर १५ वडामा अझै १ सय ५० बिघाभन्दा धेरै खेत रोप्न बाँकी रहेको छ । गतवर्ष यतिबेला झण्डै ८० प्रतिशत रोपाइँ भएको थियो । त्यस्तै चितवनको पूर्वी क्षेत्रमा र माडीमा ९० प्रतिशत रोपाइँ भएको छ ।

भरतपुर महानगर र इच्छाकामना गाउँपालिकामा ५५ प्रतिशत मात्र रोपाइँ भएको छ । चितवनमा २८ हजार ६ सय हेक्टरमा वर्षे धान लगाइन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);