मुलुकभर ४० प्रतिशत रोपाइँ गत वर्षभन्दा २३ प्रतिशत कम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मुलुकभर ४० प्रतिशत रोपाइँ गत वर्षभन्दा २३ प्रतिशत कम

ropai

काठमाडौं, २ साउन । साउन लागिसक्दासमेत मुलुकभर ४०.४६ प्रतिशत मात्र धान रोपाइ“ भएको छ । गतको तुलनामा यस वर्ष २३.४२ प्रतिशतले कम रोपाइँ भएको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत ३१ असारसम्मको तथ्यांक औंल्याउ“दै मुलुकभर ४०.४६ मात्र रोपाइँ भएको जनाएको हो । यस अवधिमा गत वर्ष ६३.८८ प्रतिशत रोपाइँ भएको थियो ।

मन्त्रालय प्रवक्ता तेजबहादुर सुवेदीले मनसुन ढिला हु“दा गतको तुलनामा यस वर्ष २३.४२ प्रतिशतले कम रोपाइँ भएको जानकारी दिए । ‘मन्सुन ढिलाइको असर तराईभन्दा पहाडमा बढी परेको छ,’ सुवेदीले राजधानीस“ग भने ।

उनका अनुसार पहाडमा करिब ३० प्रतिशत क्षेत्रफलमा मात्र रोपाइ“ हुन्छ । ७० प्रतिशत रोपाइँ तराईमा हुने भएकाले अहिल्य नै कुल उत्पादन आँकलन गर्न नसकिने सुवेदी बताउछन् । ‘तराईमा १५ साउनसम्म रोपाइ हुन्छ, त्यसपछि मात्र गत वर्षभन्दा धान उत्पादन कति कमी आयो भन्ने आँकलन गर्न सकिन्छ,’ प्रवक्ता सुवेदीले भने ।

मुलुकभर १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । गत वर्ष अनुकूल मौसम, पर्याप्त सिँचाइ र रासायनिक मल उचित प्रबन्ध भएकै कारण ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

तथ्यांकअनुसार ३१ असारसम्म सबैभन्दा बढी मध्यपहाडमा ५३.९६ प्रतिशत रोपाइ“ भयो । गत वर्ष यही अवधिमा ६७.०४ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष भने मध्यपहाडको रोपाइँ १३.०४ प्रतिशतले कम भएको छ । यसैगरी, उच्चपहाडमा ५१.८१ प्रतिशत भएकोमा गत वर्ष ६६.२२ प्रतिशत रोपाइँ भएको थियो । यसवर्ष गतभन्दा १४.४१ प्रतिशतले कम भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);