हेलिकोप्टरबाटै अनुगमन गरेर फर्कियो मन्त्री टोली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

हेलिकोप्टरबाटै अनुगमन गरेर फर्कियो मन्त्री टोली

mantri toli

काठमाडौं, २ साउन । बाढीपीडित जनताको गुनासो सुन्न र स्थलगत अनुगमन गर्न भनेर पुगेका संघीय सरकारका मन्त्रीको जम्बो टोलीले हेलिकोप्टरबाटै अनुगमन गरी फर्किएको छ । रौतहटमा बाढीबाट प्रभावित क्षेत्रको अनुगमन गर्न आएका पुर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित मन्त्रीको जम्बो टोली पीडित जनता नभेटेर आकाशबाटै अनुगमन गरी फर्किएको हो ।

बुधबार हेलिकोप्टरबाट रौतहट आएका मन्त्रीसहित सांसदको जम्बो टोली हेलिकोप्टरबाट नै अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्दै फर्किएका हुन् । पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, पूर्वमन्त्री रौतहट क्षेत्र नम्बर ३ का सांसद एवं नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह, विकास समितिका सभापति एवं रौतहटकी सांसद कल्याणी खड्कालगायतको टोलीले बाढी प्रभावित क्षेत्र रौतहटको हेलिकोप्टरबाटै अनुगमन गरेका थिए । अनुगमनपछि टोलीले नेपाली सेनाको पुरेनवास्थित इन्द्र बक्स गणमा ओर्लिएर सुरक्षा निकायका प्रमुखसहित सरोकारवाला निकायका प्रमुखलाई बोलाएर जिल्लाको वस्तुस्थितिबारे अन्र्तरक्रिया गरेका थिए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले बर्सेनि बाढीको चपेटामा पर्दै आएको रौतहट पूर्व बाग्मती र पश्चिम बकैयाको बाढी विभिन्न गाउँ हुँदै सदरमुकाम नै बगाउने खतरा बढेकोले सरकार दीर्घकालीन योजना साथ गम्भीर भएर लाग्न जरुरी रहेको बताए ।

त्यस्तै, टोलीमा रहेका गृहमन्त्री थापाले उद्धारको कार्य लगभग सकिएको बताएका छन् । सरकार अब पुनर्निमार्णतिर लागेको गृहमन्त्री थापाले बताए ।त्यस्तै, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा नपुगेको ठाउँमा तत्काल स्वास्थ्य शिविर र आवश्यक चिकित्सकको टोली पठाइने र तत्काल चन्द्रनिगाहपुरमा स्वास्थ शिविर क्याम्प राख्ने जानकारी दिए । त्यस्तै, ऊर्जामन्त्री नारायण पुनले बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत् आपूर्ति नै बन्द हुँदा स्थानीयलाई समस्या भएकोले यसको तत्काल समाधान हुने बताए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);