डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि गोताखोर सहितको टोली काठमाण्डौबाट सोलुखुम्बु जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि गोताखोर सहितको टोली काठमाण्डौबाट सोलुखुम्बु जाने

duber bepatta

काठमाडौं, २२ साउन । चार दिनदेखि गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि गोताखोर सहितको टोली काठमाण्डौबाट सोलुखुम्बु जाने भएको छ ।

बेपत्ताहरुको खोजीका लागी जिल्लाको ४ दिन देखिको प्रयास असफल भएपछि काठमाण्डौबाट गोताखोर सहितको टोली सोलुखुम्बु जान लागेको हो । काठमाण्डौबाट ५ जनाको गोताखोर सहितको टोली आउन लागेको जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले जनाएको छ । गोक्यो भ्रमणमा गएका खुम्जुङ माध्यमीक विद्यालयका तीन विद्यार्थी शनिबार बिहान हिमतालमा डुबेर बेपत्ता भएका हुन् ।

भ्रमणमा गएका विद्यार्थी नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बेपत्ता हुनेमा खुम्जुङ माध्यमीक विद्यालय कक्षा ९ मा अध्ययनरत पेम्बा दोर्जे शेर्पा पेम्बा नुरु शेर्पा र सुनिल बराईली रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);