बेपत्ता विद्यार्थीको खोजीकालागि गोताखोरसहितको टोली खटियो | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

बेपत्ता विद्यार्थीको खोजीकालागि गोताखोरसहितको टोली खटियो

gokyo himtal

सोलुखुम्बु, २३ साउन । सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि गोताखोरसहितको टोली खटिएको छ । बेपत्ताहरुको खोजीका लागी मगंलबार काठमाण्डौबाट गोताखोर सहितको टोली घटनास्थल पुगकोे हो ।

उद्धारका लागी सशस्त्रको शही रामचन्द्र खड्काको नेतृत्वमा ५ जनाको तालिम प्राप्त गोताखोर टोली परिचालित भएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । आवश्यकिय उपकरण सहित गोताखोरको टोलीले पानी मुनी पुगि खोजी गर्ने छ ।

गोक्यो भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालयका तीन जना विद्यार्थी ५ दिन देखि हिमतालमा डुबेर बेपत्ता छन् । तालमा डुबेर पेम्बा दोर्जे शेर्पा, पेम्बा नुरु शेर्पा र सुनिल बराईली बेपत्ता छन् । विद्यार्थी बेपत्ता भएपछि विद्यालयले शिक्षकलाई कारबाही गरेको छ ।

विद्यालयको अनुमति बिना नै लगेको भन्दै शिक्षक छुङजिङ दोर्जे शेर्पा र रन्जित बललाई विद्यालयले कारबाही गरेको हो । खुम्बु पासङ ल्हमु गाउपालिकाले बेपत्ता विद्यार्थीको खोजीमा हालसम्म करिब ५ लाख खर्च गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);