सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर तीन बालबालिका बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सोलुखुम्बुको गोक्यो हिमतालमा डुबेर तीन बालबालिका बेपत्ता

gokyo lake

सोलुखुम्बु, १९ साउन । शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी सोलुखुम्बुको खुम्जुङ पासाङ ल्हामु गाउँपालिमास्थित गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका छन् । खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा गएका विद्यार्थीमध्ये तीनजना शनिबार बिहान ताल घुम्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

विद्यार्थीको खोजी तथा उद्धारका लागि खुम्जुङबाट तीनवटा हेलिकप्टरमा १५ जनाको टोली गए पनि मैसम प्रतिकुल हुँदा उद्धारमा समस्या आएको छ । खुम्जुङ माविमा कक्षा ९ मा अध्ययनरत खुम्जुङका पेम्बा दोर्जे र पेम्बा नुरू तथा नाम्चेका सुनिल बराइली डुबेर बेपत्ता भएको जनाइएको छ ।

बिहीबार शैक्षिक भ्रमणमा गएका उनीहरू शनिबार फर्किने कार्यतालिका थियो । प्रहरी कार्यालयका अनुसार नाम्चेबाट गोक्यो पुग्न दुई दिन लाग्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);