दोलखामा गुँला पर्व महोत्सव आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दोलखामा गुँला पर्व महोत्सव आयोजना हुने

gula_parba

काठमाडौं, १९ साउन । नेवार समूदायको सांस्कृतिक नगरी दोलखामा गुँला पर्व महोत्सव आयोजना हुने भएको छ । दोलखा बजारलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न भाद्र ८ गतेदेखि दोलखा बजारमा गुँला पर्व महोत्सव आयोजना गर्न लागिएको हो ।

दोलखा बजारलाई नेपालको सबै भन्दा पुरानो नेवार समुदायको संस्कृतिको उद्गम स्थलको रुपमा लिने गरिन्छ । त्यसको प्रवर्धन गरी दोलखा बजारलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न गुँला पर्व महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल समारोह काठमाडौं सम्पर्क समितिका संयोजक प्रविण प्रधानले जानकारी दिए ।

कार्यक्रममा दोलखाका प्रतिनिधिसभाका सांसद दिव्यमणि राजभण्डारीले महोत्सवका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राजधानीबाट नजिकैको दुरीमा रहेको दोलखा बजारलाई नेवारी सभ्यताकै पूरानो बजारको रुपमा लिने गरिन्छ । लिच्छवीकालीन र मल्लकालीन प्राचिन नेपालबारे बुझ्न पनि महोत्वसा उपयोगी हुने विश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);