नेपालमा चैत्र २३-२५ गतेसम्म अन्तर्राष्ट्रिय चिया महोत्सव हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेपालमा चैत्र २३-२५ गतेसम्म अन्तर्राष्ट्रिय चिया महोत्सव हुने

काठमाडौ, ३० फागुन। नेपालमा अन्तर्राष्ट्रिय चिया महोत्सव आयोजना हुने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी चैत्र २३, २४ र २५ गते नेपालमा ‘अन्तराष्ट्रिय चिया महोत्सव’ आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

मुलुकलाई समृद्ध बनाउने परिकल्पनालाई साकार पार्न सघाउ पुर्याउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए । यस अघि नेपालमा निजी क्षेत्रको पहलमा २ पटक चिया महोत्सव आयोजना गरिएको थियो । सरकारी स्तरबाट भने पहिलो पटक महोत्सव आयोजना गर्न लागिएको पनि बोर्डले जनाएको छ ।

महोत्सवमा १३ देशका २५ वटा प्रतिष्ठित चिया कम्पनी सहभागी हुनेछन । महोत्सवमा नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरणका विविध विषयमा अन्तराष्ट्रिय समुदायसँग प्रत्यक्ष छलफल गर्ने व्यवस्था हुने दावी गरिएको छ । नेपालमा चियालाई आत्मनिर्भर व्यवसायको रुपमा लिईन्छ । नेपाली चिया वार्षिक ३ अरव बराबर निर्यात हुने गरेको सरकारी तथ्यांक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);