नेपाली चियाप्रति विदेशी आकर्षित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाली चियाप्रति विदेशी आकर्षित

काठमाडौं, २४ चैत । नेपाली चियाप्रति विदेशीले देखाएको चासोबाट नेपाली चिया व्यापारी उत्साही भएका छन् । नेपाली चियाको गुणस्तर र स्वादमा विदेशी आक्रर्षण बढे पछि काठमाडौंमा जारी तेश्रो अन्तर्राष्ट्रिय चिया महोत्सवमा सहभागी नेपाली चिया व्यवसायीमा उर्जा थपिएको हो ।

महोत्सवमा विभिन्न १० मुलुकबाट आएका ३२ जना चिया व्यापारीले नेपाली चियामा देखाएको चासोले व्यवसायीलाई उत्साहीत बनाएको हो । चिया प्रर्बद्धनका लागि पछिल्लो समय नेपालमै पनि विभिन्न आयाममा यसको प्रचार प्रसार भईरहेका बेला बढ्दो विदेशी चाँसोले व्यवसायीलाई व्यवसायप्रति आशावादी बनाएको हो ।

हिमालयन एरोम्याटिक टि का कार्यकारी निर्देशक चिरञ्जिवी दाहाल गुणस्तरलाई कायम गर्न सक्ने हो भने बजारको समस्या नभएको बताउँछन् ।

हिमाल, पहाड र तराईको स्थान विशेषको आधारमा लोकप्रिय भएका सबै चिया कम्पनीलाई एउटै छातामुनी ल्याई ब्राण्डिङ गर्न सक्ने हो भने चियाको निर्यात बढाउन सकिने व्यवसायी बताउँछन् ।

चिया व्यवसाय र व्यवसायीका मागलाई सरकारले नीतिगत रुपमा सम्बोधन गरे बर्षेनी ३ अर्बको चिया निर्यातलाई ३० अर्ब पुर्याउने व्यवसायि बताउँछन् ।

विश्वमा चिन सबै भन्दा बढी चिया उत्पादन गर्ने मुलुक भएपनि नेपालको अर्गानिक चिया माग विश्वमा बढ्दै गएको छ । महोत्सवमा नेपालमा उत्पादित सबै कम्पनीका चियाका स्टलहरु राखिएको छ ।

महोत्सवमा चिया व्यवसाय सम्बन्धमा अन्र्तक्रिया, गोष्ठी आयोजना गर्नुको साथै चियाको स्वाद लिने व्यवस्था पनि गरिएको छ । शुक्रबार सुरु चिया महोत्सव आईतबार सम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);