‘नेपाल चेम्बर एक्स्पो’मा अवलोकन कर्ताको भीड | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८३, शनिबार

‘नेपाल चेम्बर एक्स्पो’मा अवलोकन कर्ताको भीड

काठमाडौं, १६ मंसिर । राजधानीको भृकुटीमण्डपमा जारी ‘नेपाल चेम्बर एक्स्पो’मा अवलोकन कर्ताहरुको उल्लेख्य भीड लागेको छ ।

एक्स्पोमा भान्साका सामान देखि लत्ताकपडा, विद्युतिय सामान र सवारी साधन समेत राखिएको छ । एक्स्पोमा अवलोकन कर्ताहरुको बाक्लो भीड लागेको छ । विदेशी उत्पादनका स्टलमा बढी भीड लागेको छ ।

दैनिक उपभोग्य सामान, छालाद्धारा निर्मित वस्तु तथा जाडोका कपडाहरुमा अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । विशेष गरेर विदेशी उत्पादनमा अवलोकन कर्ताको चासो देखिएको आयोजकले जनाएका छन् ।

बिहिबार देखि सुरु भएको एक्स्पोको तेश्रो दिन शनिबार अवलोकनकर्ताको उल्लेख्य भीड लागेपछि आयोजक दंग परेका छन् । अवलोकनकर्ताको बढ्दो उपस्थितिले निजिकिदो चुनावले एक्स्पो प्रभावित हुन सक्ने आफुहरुको अनुमान गलत सावित गरेको आयोजक चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

एक्स्पोमा अन्तराष्ट्रिय स्तरका क्रेता र नेपाली विक्रेताबीच व्यापारिक सम्बन्ध विस्तार हुने भएकाले मुलुकको आर्थिक समृद्धि र वैदेशिक व्यापार विस्तारका लागि यस्ता एक्स्पोको महत्वपूर्ण योगदान रहने गर्दछ ।

मुलुकको आर्थिक, औद्योगिक एवम् वाणिज्य क्षेत्रको विकास तथा अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनको सहजीकरणका लागि भन्दै आयोजना गरिएको एक्स्पोमा ९० वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसहित २ सय २५ स्टल छन ।

सोमबार सम्म चल्ने एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापान लगायत देशका उत्पादक कम्पनीहरु सहभागी छन् ।

ताजा समाचार