काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचाेकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो । सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।
घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु
ताजा समाचार
वृद्धवृद्धाहरूलाई जाडोमा निमोनियाबाट कसरी जोगाउने ?
४८ मिनेट अघि
बालुवाटारमा सत्ता गठबन्धनको बैठक,के के भयो ?
२ घन्टा अघि