पोखरामा १४ वर्षिय बालकको घाँटी रेटी हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

पोखरामा १४ वर्षिय बालकको घाँटी रेटी हत्या

pokhara balak hatya

पोखरा, २९ माघ । पोखराको लेकसाइडमा १४ वर्षिय बालकको घाँटी रेटेर हत्या भएको छ । लेकसाइड स्थित निर्माण भइरहेको एक घरमा सचिन सिन्जालीको मंगलबार बिहान हत्या भएको अवस्थामा शव फेला परेको हो ।

पाल्पा घर भइ पोखरामा आफ्ना परिवार संग बस्दै आएका सिन्जालीको घाँटी र पेटमा छुरा प्रहार भएको बैदामका प्रहरी प्रमुख डीएसपी नविन कार्कीले जानकारी दिए । बालक सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर हत्या भएको हुनसक्ने डीएसपी कार्कीको भनाई छ ।

घटना राती नै भएको थाहा पाए पछि प्रहरीले घट्नास्थल सुरक्षीत राखेर हत्यामा संलग्नको खोजी जारी राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);