संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । आइतबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए ।

सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षीय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए ।

घटनाको थप विवरण आइसकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीको टोली घटनास्थल मादीतर्फ लागेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);