दुर्लभ वन्यजन्तु सालकको उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

दुर्लभ वन्यजन्तु सालकको उद्धार

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा दुर्लभ वन्यजन्तु सालक अस्वस्थ अवस्थामा फेला परेपछि उद्धार गरिएको छ । सालकको उद्धार गरी जङगलमा छाडिएको छ । वडा नम्बर ५ चाँगेका वडाध्यक्ष सन्तोष लिम्बूले सालक फेला पारेका हुन् ।

सालक दुर्लभ संरक्षित वन्यजन्तुमा पर्ने इन्डियन पेङ्गोलिन प्रजातिको भएको दोभान सव डिभिजन वन कार्यालय चाँगेका फरेस्टर ध्वनीरामसिंह कुशवाहाले बताए। कुशवाहाका अनुसार खैरो रङ, १८ इन्च लम्वाई भएको उक्त सालकलाई चाँगेस्थित मलेनी टुटेबर सामुदायिक वन क्षेत्रमा छोडिएको छ ।

वडाध्यक्षसहितका जनप्रतिनिधि, स्थानीय सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, समाजका अगुवासमेतको उपस्थितिमा सालकलाई सकुशल जङगलमा छोडेको दोभान सव डिभिजन वन कार्यालयले जनाएको छ ।

अवैध चोरी शिकारका कारण सालकलगायत दुर्लभ वन्यजन्तु लोप हुने अवस्थामा पुगेकाले त्यस्ता वन्यजन्तुको संरक्षण गर्नुपर्ने विषयसँग सम्बन्धित सचेतनामुलक जानकारी समेत स्थानीय सरोकारवालालाई गराइएको थियो । विश्वभर आठ प्रजातिका सालक पाइने र नेपालमा भने संकटापन्न अवस्थाको कालो सालक, खैरो र लोपोन्मुख तामे सालक पाइने गर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);