माओवादीका शर्माको चुनावी सभालाई भट्टराईले सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

काठमाडौं, १२ कार्तिक । आसन्न प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट काठमाडौं क्षेत्र नं ६ का उमेदवार बनेका हिमाल शर्माको चुनावी सभालाई एमाले सचिव योगेश भट्टराईले सम्बोधन गर्ने भएका छन्।

एमाले-माओवादीबीच चुनावी तालमेलसँगै पार्टी एकता सम्मको सहमति भएपछि नेता-कार्यकर्तामा भावानात्मक एकता पैदा गर्न यसो गर्न लागिएको माओवादीका एक नेताले बताएका हुन्। कुनै समय एक अर्काको राजनीतिक प्रतिस्पर्धी रहेका भट्टराई शर्माको पक्षमा भोट माग्ने तयारीमा रहेको भट्टराई स्रोतले जनाएको छ।

योगेश यसै क्षेत्रबाट २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा उम्मेदवार बनेका थिए।

ताजा समाचार