साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी : योगेश भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी रहेको बताएका छन् ।

बुधबार सामाजिक संजाल फेसबुकमार्फत उनले आफ्ना पार्टीका नेताहरु नमिल्ने तर विपक्षी दलसँग गठबन्धन गर्न तयार हुने समस्याले नै एमाले एकता हुन नसकेको बताएका छन् ।

भट्टराईले लेखेका छन्, ‘ कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । ‘

भट्टराईले थप लेखेका छन्, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कस्ले, किन र के कालागि गर्दैछ यो सब ? ‘

नेता भट्टराईले एमाले एकताको समस्याको मुल जड नै यहिं रहेको बताएका छन् । उनले कमरेडहरु बीचमा गम्भीर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी रहेको औल्याएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);