नवलपरासीमा लालपुर्जा नभएकालाई पुर्जा वितरण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नवलपरासीमा लालपुर्जा नभएकालाई पुर्जा वितरण सुरु

lalpurja

नवलपरासी, २८ चैत । नवलपरासीमा बर्षाैंदेखि जोतभोग गर्दै आएपनि जग्गाको लालपुर्जा नभएकालाई पुर्जा वितरण सुरु गरिएको छ । प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी नेतृत्वको टोलीले लालपुर्जा वितरण सुरु गरेको हो ।

सरावल गाउँपालिकामा जोतभोग गर्ने ९ सय ११ जनलाई लालपुर्जा वितरण गरिएको हो । जोतभोगको आधारमा कम्तिमा ८ धुरदेखि २ कठ्ठासम्म जग्गाको पुर्जा पाएका छन् ।

२०६८ सालमा जिल्लाको साविक हकुई, सुक्रौली, अमरौड, रामनगर, सुनवल, माकर, जहदा, नर्सही, गुठीपर्साैनी, त्रिवेणी गाविसमा जोतभोग गर्नेलाई लालपुर्जा वितरण गरिसकिएको छ । नाप नक्शा भैसकेको स्थानीय तहमा यही महिना र बाँकी स्थानीय तहमा अषाढ महिना भित्र पुर्र्जा वितरण गरिसक्ने नापी कार्यालय नवलपरासीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);