रामेछापका अधिकांस ठाउँमा खानेपानीको अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रामेछापका अधिकांस ठाउँमा खानेपानीको अभाव

खडेरीका कारण खानेपानीका मुहान सुक्दै गएपछि रामेछापका अधिकांस ठाउँमा खानेपानीको चरम अभाव भएको छ । एक गाग्री पानीका लागि रातभर पँधेरामै बस्न स्थानीय बाध्य बनेका छन् ।

khane pani aavab

नवराज श्रेष्ठ ,

रामेछाप, ११ चैत । खडेरीका कारण खानेपानीका मुहान सुक्दै गएपछि रामेछापका अधिकांस ठाउँमा खानेपानीको चरम अभाव भएको छ । एक गाग्री पानीका लागि रातभर पँधेरामै बस्न स्थानीय बाध्य बनेका छन् ।

गाउँमा रहेका अधिकांश पानीका मुहान सुकेका र बाँकी रहेका, धारा र कुवाहरुमा पनि पानी सुक्न थालेपछि रामेछापका अधिकांस ठाउँमा खानेपानीको हाहाकार भएको हो । गाउँमा पानीको माग पूरा गर्नका लागि वैकल्पिक मुहान कहीँ नहुँदा एक गाग्री पानीका लागि दिनभर वा रातभर कुर्नुपर्ने बाध्यता छ ।

पानीका साना मुहान सबै सुकेपछि नदी र खोलामा भएको पानी सोलार वा विद्युतीय लिफ्ट मार्फत तानेर एकाध ठाउँका स्थानीयले पानी खाइरहेका छन् । तर, महङगो हुँदा सबै स्थानमा यस्ता आयोजानहरु प्रभावकारी बन्न सकेका छैनन् । आफूहरुको समस्यामा जनप्रतिनिधिले पनि पहल नगरेको स्थानीयको गुनासो छ ।

रामेछापका साविकका २८ भन्दा बढि गाविसहरुलाई नेपाल सरकारले सुख्खाग्रस्त घोषणा गरेको छ । जहाँ बर्षातको समयमा समेत खानेपानीको अभाव हुने गरेको छ । पानीको वैकल्पिक मुहान भएका ठाउँमा लिफ्ट खानेपानी योजना निर्माणको काम अगाडि बढाइएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापको भनाइ छ ।

गाउँमा खानेपानीको वैकल्पिक व्यवस्था नहुँदा धेरै ठाउँका मानिसहरु बेसी खोला र कोसी किनारमा सर्न थालेका छन् । जसले गर्दा गाउँका खेतबारी बाँझै छ । खोला र कोसी किनारका खेतीयोग्य फाँटहरुमा मानव वस्ती बिस्तार हुँदै गएको छ । यसले मानवीय जोखिम पनि बढाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);