हिन्दु धर्मावलम्बीले आज धुमधामसाथ रामनवमी मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

हिन्दु धर्मावलम्बीले आज धुमधामसाथ रामनवमी मनाउँदै

आज रामनवमी चैत्र शुक्ल पक्ष नवमीका दिनलाई हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनका रुपमा धुमधाम साथ मनाउने चलन छ ।

ram navami

काठमाडौं, ११ चैत । आज रामनवमी चैत्र शुक्ल पक्ष नवमीका दिनलाई हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनका रुपमा धुमधाम साथ मनाउने चलन छ ।

रामनवमीका अवसरमा विहानैदेखि देशभरका राम मन्दिरमा भक्तालुहरुको भीड लागेको छ । वैदिक सनातन धर्म अनुसार भगवान् रामको जन्मदिनमा उनका भक्तिभाव गर्नाले सत्कर्म मिल्ने विश्वास छ । त्रेता युगमा मर्यादा पुरुषोत्तमका रूपमा सुपरिचित राम सूर्यवंशी राजा दशरथले गरेको पुत्रेष्टि यज्ञको प्रसादस्वरूप दशरथकी जेठी रानी कौशल्यावतीको गर्भबाट जन्मिएका हुन् ।

राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । राम नवमीको उपलक्ष्यमा सरकारले सार्वजनिक विदा दिएको छ ।

ताजा समाचार