चक्रपथ सरसफाइ अभियानको पचासौं हप्ता पुरा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चक्रपथ सरसफाइ अभियानको पचासौं हप्ता पुरा

चक्रपथ सरसफाइ अभियानले पचासौं हप्ता पार गरेको छ । चक्रपथमा देखिएको फोहर व्यवस्थापनका लागि भन्दै ५० हप्ता पहिलेदेखि सुरु भएको यो अभियान विस्तारै प्रभावकारी बन्दै जान थालेपनि ठोस उपलब्धि भने हासिल हुन सकेको छैन् ।

sarsafai aaviyan

काठमाडौं, ११ चैत । चक्रपथ सरसफाइ अभियानले पचासौं हप्ता पार गरेको छ । चक्रपथमा देखिएको फोहर व्यवस्थापनका लागि भन्दै ५० हप्ता पहिलेदेखि सुरु भएको यो अभियान विस्तारै प्रभावकारी बन्दै जान थालेपनि ठोस उपलब्धि भने हासिल हुन सकेको छैन् ।

चक्रपथ सफाई अभियान पचासौं हप्तामा आइपुग्दा सफाई सम्बन्धी सकारात्मक सोच देखिएपनि फोहर व्यवस्थापनका लागि उचित पहल भने हुन सकेको छैन् । अभियानको ५० औं हप्ता पार गरेको अवसरमा शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सफाई बिनाको समृद्धि असम्भव रहेको बताए ।

भ्रष्टाचार नेपाली समाजका लागि फोहरको डंगुर भन्दा डरलाग्दो देखिएकाले आफुहरुको ध्यान त्यतातिर केन्द्रीत भएको उनको भनाई थियो । कार्यक्रममा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले भने कानुनको अभावमा आफुहरुले काम गर्न नसकेको भन्दै अब चाँडै नै स्थानीय तहले पनि गतिशिल रुपमा काम गर्ने बताईन् । चक्रपथ सफाई अभियानअन्तर्गत पहिलो चरणमा नयाँ बसपार्कदेखि नारायणगोपाल चोक सम्म सफाई गरिदै आएको छ ।

शनिबार एक घण्टाको सफाई अभियानमै १० टन भन्दा बढी फोहर संकलन गरी फोहर संकलन केन्द्रमा पुर्याइएको छ । अभियानमा नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारीलगायत सरकारका विभिन्न निकायका व्यक्तिहरु संलग्न छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);