संसारकै अग्लो टाकुराको देशबाट अग्लो सभ्याता देखाउनु पर्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसारकै अग्लो टाकुराको देशबाट अग्लो सभ्याता देखाउनु पर्छ : प्रचण्ड

काठमाडौं, १० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसारको अग्लो टाकुराको देशबाट संसारकै अग्लो सभ्याता देखाउनुपर्ने समय आएको बताएका छन् ।

चक्रपथ सरसफाईको ५० औँ हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले राजनीतिक उतार चढावलाई निष्कर्षमा पुर्याएपछि अव नयाँ सभ्यता र जागरणको शुरुवात गर्नुपर्ने बताए ।

उनले चक्रपथ सरसफाई भौतिक सफाई मात्र नभएर नेपालीहरुमा देखा परेका थुप्रै विसंगतीहरुलाई अन्त्य गरी सभ्य समाज निर्माण गर्ने, मानसिक मूल्य मान्यता स्थापित गर्ने अभियान रहेको बताए ।

विभिन्न संघसंस्थाको पहलमा शुरु गरीएको चक्रपथ सरसफाईको शनिबार ५० हप्ता पुगेको छ । अभियानकै रुपमा हरेक शनिबार दर्जनौँ मानिसहरुले चक्रपथ वरीपरी सरसफाई गर्दै आईरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);