गहुँ भित्र्याउने समयमा असिना पानी परेपछि यो बर्ष उत्पादन घट्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गहुँ भित्र्याउने समयमा असिना पानी परेपछि यो बर्ष उत्पादन घट्ने

कञ्चनपुर, २८ चैत । कञ्चनपुरमा दुईदिनदेखि परेको असिना पानीले गहुँबाली नष्ट गरेको छ । गहुँ भित्र्याउने समयमा असिना पानी परेपछि यो बर्ष उत्पादन घट्ने भएको छ । बर्षाका कारण बेल्डाँडी, बेलौरी, पुर्नवास, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र महाकाली क्षेत्रका कृषक मारमा परेका छन् ।

जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका अनुसार चैत्र अन्तिम सातासम्म ४० प्रतिशत मात्रै गहुँ काटिएको छ । गत बर्ष कञ्चनपुरमा ३१ हजार, ३ सय ४३ हेक्टरमा ७५ हजार, ३ सय ३२ मेट्रिक्टन गहुँ उत्पादन भएको थियो । यो वर्ष गहुँ उत्पादन घट्ने भएपछि कृषक चिन्तित भएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);