खानेपानी तथा सिँचाइको समस्याले स्थानीय आजित | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

खानेपानी तथा सिँचाइको समस्याले स्थानीय आजित

विवश कुमार सेजुवाल
सुर्खेत, ६ असार । सुर्खेतको तरङगामा खानेपानी तथा सिँचाइको समस्याले स्थानीयहरु आजित भएका छन् । बस्तीको नजिकैबाट भेरी बगीरहेको भएपनि तरङगाबासीहरुलाई खानेपानी तथा सिँचाईको समस्या भने बर्षौँदेखि ज्यूँका त्यूँ रहेको छ ।

सुर्खेतको बराहताल गाउँपालिकामा पर्ने तरङगाका वासिन्दाहरु खानेपानी तथा सिँचाइको समस्या भोगिरहेका छन् । २०२८ सालबाट बसोबास हुँदै आएको त्यस बस्तीमा अझै पनि पानीको समस्या समाधान हुन सकेको छैन ।

धारामा पानी निरन्तर नआउने र कहिलेकाँही चार पाँच दिन विराएर मात्र पानी आउने समस्या रहेको छ । खानेपानीको समस्या त छ नै, बस्तीको नजिकैबाट भेरी बगीरहने भएपनि सिँचाईको अभावमा कृषिका लागि आकाशे पानीको भरपर्न बाध्य छन् । यसरी खानेपानी लगायत सिँचाइका लागि समेत आकाशे पानीमा भरपर्नु पर्ने स्थानीयहरुको दुखेसो छ ।

बराहताल गाउँपालिकाको तरङगाको लागि यो नौलो समस्या त होइन । तर सरकारले बेवास्ता गरेका कारण यहाँका स्थानीयहरु झन् आजित भएका छन् । गाउँपालिकाले बस्तीमा केही धाराहरु पहिले नै भएको र केही धाराहरु छिट्टै जडान गरी खानेपानीको समस्या समाधान गर्ने प्रक्रियामा भएको जनाएको छ ।

बराहताललाई खाद्यन्नमा आत्मनिर्भर बनाउनुपर्ने भएकोले गाउँपालिकाले योजना बनाई आगामी बर्षसम्ममा खानेपानी तथा सिँचाई समस्याको अन्त्य गरीने गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बताउनुभयो ।

अहिलेको समयमा सिंचाइको अभावमा कृषकहरु खेतीपातीका लागि आकाशे पानीमा भरपर्न बाध्य छन् । कृषि प्रधान मुलुकमा यो अवस्था रहनु दुर्भाग्यपूर्ण हो । कृषिमा विभिन्न प्रविधिहरु भित्रिसक्दा पनि यसतो अवस्था हुनाले कृषिमा आधुनिकिकरण नारा मै सिमित हुने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);