स्कुल बस दुर्घटना हुँदा ६५ विद्यार्थी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

स्कुल बस दुर्घटना हुँदा ६५ विद्यार्थी घाइते

school bus

भक्तपुर , ४ साउन । भक्तपुरको नीलबाराहीमा स्कुल बस दुर्घटना हुँदा ६५ विद्यार्थी घाइते भएका छन् ।

काठमाडौंको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलको बा २ क ९२५० नम्बरको बस भक्तपुरको ठिमीतर्फ आउने क्रममा मध्यपुर ठिमि–९ स्थित नीलबाराहीमा दुर्घटना हुँदा ६५ विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र २२ जनाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये बसका सहचालक २८ वर्षीय अनिल थापाको अवस्था गम्भीर रहेको छ । थापालाई नागरिक अस्पतालमा उपचार हुन नसकेपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा परी गम्भीर घाइते चार वर्षीया प्रतीज्ञा श्रेष्ठलाई काठमाडौँ मेडिकल कलेज भर्ना गरिएको छ ।

सडकमा अर्को गाडीलाई ठाउँ दिने क्रममा बस सडकबाट १५ फिट तल खसेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक मनोज केसीले जानकारी दिए । विद्यालयले विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);