आफ्नै मापदण्ड कुल्चेर गृहले गर्यो राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

काठमाडौं, २२ भदौ । गृह मन्त्रालय आफैंले बनाएको मापदण्डविपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ। राष्ट्रिय परिचयपत्रमा तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक-आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले बनाएको थियो।

 

तर, बुधबार गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचन आयोगले संकलन गरेको मतदाता नामावलीको विवरणलाई नै राष्ट्रिय परिचयपत्रमा समेट्ने गरी निर्णय गरेको बताएका छन्।

 

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले परिचयपत्रमा डिजाइन गरिएअनुसारको विवरण प्रयोग नगर्ने गृहको निर्णयले परिचयपत्र कमजोर बन्ने दाबी गरेको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।