संवैधानिक निकायका पदाधिकारीको नियुक्तिलाई पुर्नविचार गर्नैपर्छ : भुसाल | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

संवैधानिक निकायका पदाधिकारीको नियुक्तिलाई पुर्नविचार गर्नैपर्छ : भुसाल

काठमाडौं, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)कि सांसद पम्फा भुसालले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिलाई पुर्नविचार गर्नुपर्ने बताएकी छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भुसालले सरकारले संसद नभएको बेलामा असंवैधानिक किसिमले अध्यादेश ल्याएर संवैधानिक निकायमा पदाधिकारीकारी नियुक्ति गरिएको भन्दै सो नियुक्तिलाई पुर्नविचार गर्नुपर्ने बताएकी हुन् ।

संसदीय सुनुवाइलाई छलेर प्राविधिक रुपमा तिथिमिति मिलाएर नियुक्ति गरिएकाले संवैधानिक नियुक्तिलाई संविधान सम्वत् बनाउनैपर्ने उनको भनाई छ । उनले भनिन् – ‘पार्टीको स्थायी समितीमा लेखेको मसी नसुक्दै झुठ तरिकाले त्यही अध्यादेश अनुसार संवैधानिक परिषद्हरुमा असंवैधानिक तरीकाले नियुक्त गरेको कुरा पनि बाहिर आयो । र अहिले पनि संवैधानिक निकायहरुमा असंवैधानिक तरिकाले नियुक्त गरेका मान्छे पठाइएको छ । अब यो संसद पुर्नस्थापना भएको छ । हामी एउटा ढंगले त्यसको पुर्नविचार गर्नैपर्छ । हामीले त्यसलाई संविधान सम्वत् बनाउनै पर्छ । संसदको सुनुवाइ गर्ने परम्परालाई छलेर केवल टेक्नीकल तिथिमिति गरेर, ढाँटेर, जुन ढंगले गरिएको छ । त्यो पनि म यहाँ स्मरण गराउन चाहान्छु ।’

सांसद भुसालले वर्तमान राजनीतिक प्रणाली अनुसार निर्वाचनमा कसैको पनि दुईतिहाइ आउने सम्भावना नरहेको भएपनि प्रधानमन्त्री ओलीले दुईतिहाई ल्याउने धाक दिएर आफ्नो लाज छोपेको बताउनुभयो । प्रतिनिधि सभाको हालको बनावट अनुसार राजनीतिक दललाई बहुमत ल्याउन पनि गाह्रोपर्ने उनको भनाई छ ।

सांसद भुसालले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने पनि बताईन । सरकारले संसद सञ्चालनको लागि एजेण्डा नदिएको भएपनि प्रधानमन्त्री ओलीले सडकबाट संसद सञ्चालनको सम्बन्धमा सभामुखलाई गालि गर्दै हिडेको उनको भनाई छ । देशको वर्तमान राजनीतिक समस्याहरुको राजनीतिक दलहरु र संसदबाटै हल खोज्नुपर्नेमा उनको जोड छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);