कृषि क्षेत्रलाई प्रविधीमैत्री बनाउन प्रधानमन्त्री ओलीको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

कृषि क्षेत्रलाई प्रविधीमैत्री बनाउन प्रधानमन्त्री ओलीको जोड

pm oli

काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै आर्थिक बिकास वृद्धिदर बढाउन तर्फ लाग्नुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित कुषिको आधुनिकीकरण र व्यवसायीकरण बारेमा सार्क स्तरीय सम्मेलनमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले कृषि पेशा बाट जिडिपीमा महत्वपुर्ण उपलब्धी हासिल नगरेको भन्दै प्रविधीमैत्री बनाउनुपर्नेमा जोड दिए ।

चार दिनसम्म संचालन हुने सम्मेलनमा ६५ वटा कार्यपत्र प्रस्तुुत गरिनेछन् । यसमा सार्क देशका अनुुभवहरु आदान प्रदान गरी भविष्यमा कृषि क्षेत्रको बिकासमा थप रणनीति बनाउन सहयोग पुग्ने आयोजकले जनाएको छ । सम्मेलनमा भारत, श्रीलङ्का, बंगलादेश, भुटान लगायतका देशका प्रतिनिधीहरु सहभागी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);