संसदीय सुनुवाई समितिको सभापतिमा काँग्रेसका खतिवडा निर्विरोध चयन | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

संसदीय सुनुवाई समितिको सभापतिमा काँग्रेसका खतिवडा निर्विरोध चयन

काठमाडाैं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली काँग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध चयन हुनुभएको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रवार बसेको बैठमा उहाँलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।

समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो । बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रश्तावलाई नेकपा (एमाले)का सांसद महेश बर्तौलाले समर्थन जनाउनुभयो ।

खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति हुनुहुन्थ्यो । संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका सम्बन्धमा छानविन गर्न गठित समितिले उहाँलाई नैतिक र राजनीतिक जिम्मेवार ठहर गरेपछि राजीनामा दिनुभएको थियो ।

Leave a Reply