उपत्यकामा मोटरसाइकल हराउने क्रम बढेपछि सर्वसाधारण चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

उपत्यकामा मोटरसाइकल हराउने क्रम बढेपछि सर्वसाधारण चिन्तित

motorcycle chori

पिएन ओझा
काठमाडौं, १९ जेठ । उपत्यकामा फेरी पार्किङ स्थलबाटै मोटरसाइकल हराउने क्रम बढेको छ । पछिल्लो एक वर्षमै एक हजार ४ सय ४४ वटा मोटरसाइकल हराएको उजुरी प्रहरीमा परेको छ । प्रहरीका अनुसार दुई पांग्रे र चार पांग्रे दुवै सवारी चोरी गर्ने गिरोह उपत्यकामा सक्रिय रहेको छ ।

तुलनात्मक रूपमा अन्य प्रदेश र शहरको तुलनामा राजनधानी काठमाडौं बढी सुरक्षित मानिन्छ । केन्द्र सरकार, सबै सुरक्षा निकायका सबै केन्द्रीय कार्यालय काठमाडौंमै छ । सुरक्षाकर्मीको संख्यादेखि आधुनिक प्रविधिको प्रयोग यही बढी हुन्छ । तर पनि चोरीका घटना यही बढी हुने गरेको छ । अन्य वस्तुको चोरी जस्तै सवारी साधन चोरी पनि काठमाडौं उपत्यका भित्रै बढी हुने गरेको छ । राजधानीमै बाइक हराउने क्रम बढेपछि यतिबेला सर्वसाधारण चिन्तित छन् ।

ट्राफिक प्रहरी महाशाखा रामशाहपथको तथ्याङ्क अनुसार २०७५-०७६ मा मात्रै दुई पाङ्ग्रे सवारी चोरीमा १ हजार ४४४ निवेदन परेका छन् भने चार पाङ्ग्रे सवारी चोरीमा १० वटा निवेदन परेका छन् । जसमध्ये अनुसन्धानमा ल्याइएका मोटरसाइकल ३४५ रहेका छन् । भेटिएका २४१ मोटरसाइकल सवारी धनीको जिम्मा लगाइएको छ । बाँकिको हकमा चोरी कसुरमा मुद्दा चलाइएको छ ।

उपत्यकामा यसरी सवारी चोरी हुनुमा सवारी धनी स्वयमले सुरक्षा नअपनाउँदा पनि यस्ता किसिमका चोरीका घटना बढेको पाइन्छ । चोरी हुने मोटरसाइकलहरूमध्ये सबैभन्दा बढीे पल्सर मोटरसाइकल रहेका छन् ।

यसरी सवारी साधन चोरी गर्नुको प्रमुख कारण आर्थिक प्रलोभन भएको अनुसन्धानबाट खुलेको छ । चोरीमा भारतीय र नेपाली दुबै गिरोह सक्रिय रहेका छन् । फौजदारी संहिता ऐनको परिच्छेद २० मा चोरी गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षदेखि सात वर्षसम्म कैद र बीस हजारदेखि ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ । तर कतिलाई कारबाही भयो ? यो तथ्याँक प्रहरीसंग पनि देखिंदैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);