कैलालीमा प्रहरी जवान मृत भेटिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कैलालीमा प्रहरी जवान मृत भेटिए

काठमाडौं,२२ चैत्र । कैलालीमा एक जना प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् । दार्चुलाको शैल्यशिखर–६ का २६ वर्षीय सुरजराज लुहार बुुधबार साझ जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लुहार धनगढीस्थित मनहोर सामुदायिक वनभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उनी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए । उनी बिदा लिएर केही दिन अघि घर आएका थिए । उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);